AD TO Bikram Sambat Converter......

Friday, November 13, 2009

हट नायिका रेखाथापाको गायन माओवादी अध्यक्ष प्रचन्डको न्रित्य!

केही दिन यता माओबादीपार्टीले नागरिक सर्बोचता र शेनापत्ती प्रकरणमा राष्ट्रपत्तीले चालेको कदमको बिरुद्द, दोस्रो आन्दोलन गर्दै आइरहेको कुरा हामीले प्रतक्ष देख्न नपाएपनी समचारहरुद्वारा थाहा पाउदै आइरहेकाछौ । यो आन्दोलन निक्कै शान्तिपुर्ण ढंगले भैरहेको छ। आन्दोलन यता बिगतका अन्य आन्दोलनझै आज सम्ममा खासै जन्-धनको क्षती भएको छैन । सडकमा नाचेर, गाएर आन्दोलनकर्मीहरु आन्दोलनमा उत्रिरहेकाछन । यसरिनै बिहीवार सिङ्हदरबार घेराउगर्ने कार्यक्रम रहेको थियो । कार्यक्रममा नेपाली चलचित्रकरिमीहरुको पनि उपस्थिती थियो र यसै क्रममा एकपटक वास्तबिक राष्ट्र नायक भई सक्नुभएको कमरेड प्रचन्ड र चलचित्र पर्दाकी चर्चित अनी हट नायिका रेखा थापाले, धर्ना र बिरोध प्रदशन गर्दा गर्दा थकिक आन्दोलन कर्मिहलाई लालुपाते लाउमाया मैतिर नलाउ दुइतिर............. भन्ने रेखाथापको गितको बोलमा नेकपा माओबादिका अध्यक्ष कमरेड प्रचन्डले कम्मर मड्काएर न्रित्य गर्नुहुँदै । थकाई मेटाइ दिनु भएको थियो । कमरेड प्रचन्डले कस्तो न्रित्य गर्नु हुदोरहेछ त ? यहाँ तल  प्लेबट्टोम थिचेर हेर्नु होला ल । 



भिडियो साभार डिसी नेपालडटकम

Friday, November 6, 2009

!! छाडीजाने निस्ठुरीलाई अन्तिम पत्र !!


आज मलाई एउटा स्‍मृतिले घरी-घरी सताइरहन्छ, तरङित गराउछ, हृदय चस्काउछ, मन मोहित गराउछ! "केवल तिम्रो यादले"
चादनी हाम्रो प्रेम कहाँबाट अनी कसरी सुरु भएर कुन मोडबाट कुन दोबाटोमा पुगेर कसरी अनत्य भयो? अझै पनि मैले नियल्न सकिरहेको छैन । र अचानक यो सपना रुपी तिम्रो खबरले मेरो मन मस्तिकमा अबिश्वासको ज्वालामुखी बिस्फोटन गरेको छ भने, घरी घरी पागलझै आँफैले आफुलाई लच्छार पच्छार गर्छु । फेरी यो सप झुट हो......चादनीले केवल म सँग प्रेमको अग्नी परिक्षा मात्र लिएको होला भन्दै आफ्नो मनलाई शान्तवना दिन खोजे तर पनि चित नबुझेर तिमीसंगै खेली हुर्केकी तिम्री साथी रोहिमा (नाम परिवर्तन ) र उनको हजबेन्डलाई मैले फोन गरेर सोधे ता की मैले बिश्वस गरे । चादनी मुरी मुरी धन्यवाद तिमीलाई ! आखिर म जस्तो असक्त ब्यात्तीले तिमीलाई धन्यवाद सिवाय केनै पो दिन सक्छु र! यो तिम्रो अपार सफलताको निम्ती, अनी मलाई जिवनतत्व आशुको भागिदार बनाउनको लागि तिमी सफल भएकीमा फेरी पनि मुरिमुरी धन्यवाद! चादनी यसरी तिमीले मेरो प्रेमलाई खेलाउनको रुपमा मात्र लिन्छौ भन्ने कुरा पहिलेनै थाहा पाएको भए, म किन तिमी सँग माया पिरतिका कुरा गर्थे होला र अनी तिम्रो झुटो मायाको जालमा अन्जान माछी झै किन फस्थे होला र! तर यो सप कुराबाट म धेरै अलग थिए । र मैले तिमीलाई धेरै बिश्वास गरे । त्यही बिस्वासको आधारमा मैले हाम्रो प्रेम सम्बन्धको बारेमा मेरी पुज्यनिय आमा र समाजलाई अवगत गराएको थिए । अनी तिम्रो बारेमा र तिम्रा ती सुन्दर तस्बिरहरुलाई एलबमको पाना-पाना फरफरौदै मेरी आमालाई देखाउदा आमा खुशीले गद गद हुनुहुन्थ्यो । तर आज ती सारा खुशीहरु हाङाबाट झरेको पतझै भएको छ । तर चादनी मेरो त भन्नु पर्दा जीवन जिउने आधारनै आशु भएको छ, आशुनै मेरो हासो हो। म त दुखमा जन्मलीई दुखैमा हुर्किबडेको । त्यसैले तिमीले हाम्रो प्रेमको पवित्र सन्सारमा आगोलगाएर फरार भएकी भएपनी, म जलेर अङार भएता पनि म आफुलाई सक्दो मलम लगाउने प्रयास गर्ने छु ।
तर तिमी आँफै भन्ने गर्थ्यौ............मैले तिमी सँग प्रेमको परिक्षा लिँदा "हजुर ! अब त हामी बीचको महत्वपुर्ण कुरा भनेकै माया र विश्वास हो । एकले अर्काको माया र बिश्वासको सिमाको बाँध नफुटाउनु, सिमा ननाग्नु नै सप थोक हो । तपाईं जहाँ भए पनि मेरो मन मन्दिरमा कैद हुनुहुन्छ। मेरो सबै सर्वश्व भन्नु नै तपाईं हो । केवल जन्मे म हजुरको लागि, हजुरको काखैमा मेरो प्राण त्याग्नेछु ! भनेर भन्ने गर्थ्यौ। त्यसैले मलाई अझैपनी अबिश्वस जागेको छैन । ती तिम्रा शब्दहरु मन मस्तिकमा सल्बाइरहन्छन्.............तर यी सब हुँदा हुँदै पनि तिमीले लत्याएर मेरै छत्तीमा कुल्चेर पराइको हात समौन पुग्यौ किन ? मैले कुन जिउनीमा तिम्रो यत्रो अपमन गरेको थिए ?
आज तिमीले सारा बाचा बन्धनको कसीलाई तोडेर गयौ । कति कम्जोर थिएछ हाम्रो मायाको बन्धन ! जसलाई तोड्न तिमीलाई अलिकतिपनी कस्ट परेन । तिम्रो यो क्षणिकको निर्णयले आज जिउदै लास घिसारेर जिउन बिवस बनाएको छु । कति कठोर अनी, निर्दयी अनी पापी रहेछ तिम्रो मन! जिन्दगिभरीलाई गाँसेको नाता एकै दिनमा तोडेर गयौ बिनासन्देह, बिना अर्थ अनी बिना कारण । खै! तिमीलाई के उपनाम दिउ>? बैगुनि, धोकेवज, आडम्बरी या त बेसरम ! तर यी सबै किन ? तिमीलाई यति भन्छु अरुलाई सपना सजाएर पुरा नहुन्दै सारा सपना, खुशी लथालिङ, भताभुङ बनाइ अस्थित्व लुटेर भाग्ने प्रतक्ष्यी रहेछौ । शिशिरमा हावाको एकै बेगले सारा पात नङ्याको बिरुपी रुखजस्तो, स्वरुप बिनाको आकार बनाएर गयौ । चैत्र बैशाखको नाङो भिरपखेरो जस्तै भएको छ मेरो तन-मन । पानी बिनाको खोलाको बगर झै उजाड भएको छु । आफ्नै संसार बिरानो लाग्छ । एक्लो भएको जस्तो लाग्छ । नितान्त एक्लो! कयौ रातको निन्द्रा आखमा छचल्किएर गयो.... । मनमा बेचैनको ज्वारभाटाहरु सिर्जना भैरहन्छन । तै पनि सम्हलिने लाखौं कोसिस गरिरहेछु । मनै त हो कसरी स्सम्झौने ? कति गाडा रहेछ तिम्रो माया मेरो मुटुमाझ बिझिरहयो । आशु सँग पनि बाँडे नशासँग पनि साटे अझै भुल्न सकिन । चादनी तिमीले म सँग गरेको प्रेम केवल म जस्तो सोझा आक्रितीलाई जिन्दगी भरी रुवाउन, भबिश्यमाथी खेलबाड गर्न अनी आजको अंमुल्य समयलाई बर्बाद गर्न मात्र रहेछ । तिमीले मेरो आत्मा र भाग्यलाई बलात्कार गर्ने उधेश्यले मात्र प्रेमको नाटक रचेकी रहिछ्यौ । सुनेको थिए । जुन सम्बन्धमा लेनदेनको व्यबहार हुन्छ । त्यो सम्बन्ध आत्मिय र दरिलो हुन्दैन भनेर । तर आज स्वार्थ त्यो भनाइको सार्थक भएको छ ।
चन्दनी जे गर्यौ तिमीले राम्रो गर्यौ जस्तो लाग्न थाल्यो ! किन भने यदि तिमीले तिम्रो जीवन मलाई सुम्पेकी भए र तिम्रो जिवनको जिम्मेवारी मैले लिनु पर्ने भएको भए । म तिम्रा सारा सपनाहरुलाई साकार पार्न सक्दिन थिए होला। किन की म धेरै गरीब छु!असक्त छु !! मैले सुनेको छु तिमीले धेरै धनी बाउको छोरा राजकुमारलाई आफ्नो जिवनसाथी सम्झी । खुशी साथ उनको हातबाट तिम्रो सिउदोमा सिन्दुर अनी गलामा मङलसुत्रले पहिरेकिछौ रे । मैले लेख्दै जान्दा आबेशमा माथि तिमीलाई चित दुख्ने शब्दहरु पनि लेखे होला तर चित नदुखौ माफि गर ! म तिम्रो दाम्पत्य जीवनमा कहीले पनि एक खोलाको दुई किनारा हेर्न र सुन्न चाहन्न । तिमीहरुको सम्बन्ध दुई मुटुको एउटै ढुकढुकी भएर बाच्नु । युग देखि युग सम्म अजम्बरी मायाको साईनो लाउनु । माइतिघरमा रहन्दा तिमी आफ्नो परिवलाई कति माया गर्थ्यौ ! भाबीले लेखेको पराइघरको तिम्रो आफन्तलाई पनि त्यहि माया दिनु । एकले अर्कालाई धेरै बुझ्ने हुनु !जिवनमा सधैं बरपिपलको सितल छाहरीको अनुभुती गरि रहनु। अनी साच्चै पोरसाल हाम्रो घरदेखी नौडाडापारीको पुसेमेलामा मैले तिमीलाई दिएको मायाको चिनो कुसुमेरुमाल सक्छौ भने जलाई दिनु । ..............!!

अनत्यमा तिम्रो नवदाम्पत्य जिवन शुखमय रहोस् भन्दै सधाको लागी ओझेल पर्दछु..........!!

उही असफल.....!

यदि शब्दमा बुझिनौ भने तिमीलाई एटा गीत बाट मेरो मनको कुरा पोख्दै छु केवल एकपटक फेरी प्ले बटोम थिचेर सुनिदेउ ल


ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ
मलाई के था? तिम्रो माया
ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ


मलाई के था? तिम्रो माया
दौलत सँग बिक्ने भनी!
सोचेथे मैले तिम्रो माया
निस्वार्थ भवको होला भनी !
ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ
मलाई के था? तिम्रो माया,
झुटो प्रेमको पात्र भनी!
बिश्वास गरे लाए माया
साचो प्रेम गर्छौ भनी !
ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ

मलाई के था? तिम्रो माया
बिलासिता जिवनको प्यासी भनी!
सोचेथे मैले तिम्रो माया
दु:ख सुखमा रमौने भनी!
ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ

ब्यार्थ माया लाएछु तिमलाई
चोट पाए जिवनभरी !
कति महान रहेछौ तिमी
अरुलाई रुवाइ हास्न खोज्ने
ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ

तर नी तिमलाई दिन्न श्राप
स्याबास तिमी निठुरीलाई!
सफल तिम्रो जिन्दगीको
नगर भुल फेरी तिमले,अतितमा गरे जस्तो!
ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ

Thursday, October 29, 2009

कतारमा दिपावली तथा भाइटिका मनाइयो......

डि.वि.लिबाङ्ग/दोहाः हामी नेपालीहरु संसारको जहा र जुनसुकै अवस्थामा रहेपनि, परम्परागत रितिरिवाज, सस्कृतीलाई कहिल्यै भुल्ने छैनौं। यसरीनै बैदेशिक रोजगारीको शिलशिलामा दोहा कतारमा कार्यरत केहि नेपालीहरुले गत शुक्रबार र्कोनसको फेमीली पार्कमा सृष्टीको आरम्भ देखिनै चेलि र माईको अटुट सम्बन्ध बोकेको नेपालीहरुको पवित्र अनि महान चाड दिपावली तथा भाईटिका पर्व भब्यताको साथ मनाएका छन् ।


कार्यक्रम इन्दिरा दाहाल, बीनीता थापा र अन्नपर्ुण्ा पन्त लगायत केहि चेलीहरुद्धारा आयोेजना गरिएको भए पनि कार्यक्र निक्कै रोचक अनि अबिस्मरणीय भएको थियो । चेलीहरुको सकृयतामा आयोजीत तिहार तथा भाईटिका कार्यक्रमा निक्कै ठुलो सन्ख्यामा दिदी-बहिनी तथा दाजुभाईको सहभागीता रहेको थियो। कार्यक्रमा शुभकामना आदान प्रदान गर्नूको साथै विभिन्न रोचक कार्यक्रहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रको अनत्यमा आगन्तुक सम्पर्ुण्ा दाजुभाईले चेलीहरुको हातबाट सप्तरङ्गी टिका पनि लगाएका थिए ।

केही तस्बिरहरु.............
ब्यत्ती गत समस्याको कारण समयमै यी फोटोहरु र यो समचारलाई प्रकाशन गर्नसकिन ढिलो भयो भनेर नहास्नुहोला है ल ।


फोटो डी बी लिवाङ

बिदेशमा चाड कसरी मनाइछ भनेर स्वदेशी आफन्तहरुलाई भिडियोमा देखेउने सोच गरेको थिए .  प्राबिधिक कठिनाईको कारण अहीलेनै अप्लोड गर्न सकिन म केही दिन पछि अप्लोड गर्ने छु है ल ।

Monday, October 19, 2009

चेलिलाई चिठ्ठी!!


स्नेही चेली.....
प्रदेशी दाईको तर्फबाट तिमीलाई अनमोल मायाका साथै अबिरल सम्झनाका लहरहरु.....! अनी २०६६सालको दिपावलीको मंगलमय शुभकामना ल !
शायद ती तरेली परेका खेतका कन्ला-कान्लामा अनी घरको चारकुने आगनिमा सयपत्री, मोखमली अनी गोदवरी धकमक्क फुलेको देखेर खुशीले गद गद हुन्दै पुतलिझै ती प्रत्येक फुलका थुङाथुङ संगै तिमी रमयौ होली। ती कलिलो मनभरी रङिबिरङी सपनाहरु सङालेर । पूर्वको क्षितिजबाट उदाएको सुर्य अस्तचालको छाहरिमुनी निन्द्राको काखमा पुग्दा सम्म टोलाउदै मेरो बाटो कुरेर प्रतिक्षा गर्यौ होली । अनी आज भाइटिकाको दिन "दिर्गजिबी जल" संगै अरुभाइहरुको परिक्रमा गर्दा, म सधैं बस्ने ठाममा नहुन्दा बिगतलाई सम्झन्दै, चित दुखाउदै कति रोयौ होली । सृस्‍टिको आरम्भदेखिनै चेली र माइतीको अटुट सम्बन्ध बोकेको पवित्र अनी महानचाड दिपावलीको " भाइटिकामा" यसपाली पनि तिम्रो सुकोमल ती हातले सयपत्री, मोखमली अनी गोदाबारी सहित माया र खुशीले गासिएको फुलको माला, यो मेरो गलामा पहिराउन नपाउदा अनी सप्तरङी इद्रेणी टिका निधारमा लगाउन नपाउदा । मलाई त्यो भन्दा धेरै खेद लागेको छ, जति तिमीलाई लाग्दो हो । आखिर जीवनमा सोचे र भनेको सबै कुरा नहुन्दो रहेछ । त्यसैले तिमीलाई मेरो सात बिन्ती छ । नरोऔ चेली नझार आशु !
खुशी साथ: *भइलिनीमा सङिनीहरु सित दिल खुलेर गाउ, *तिमीले गाएको गितमा हाम्रो सस्क्रिती परम्परा मौलाउदै जाओस, *मारुनी बनी मदलुको तलमा छमछमी नाच, तिमीले नाचेको नाचमा, हाम्रो पर्वको अस्तित्व झल्कन्दै जाओस, *प्रत्येक साझहरुमा दिपावलीको दिप जलाउदै जाऔ, *तिमीले जलाएको दिपज्योतीले अन्दकारलाई चिरे जस्तै राष्ट्रका सबै अशान्तिहरु चिर्दै जाओस, *अनी भोली पल्टको सुर्योदयसंगै सदा-सदाको लागि नेपाली भुमिमा दिगो शान्ती छाओस, सारानेपलीहरुले शान्ता अनी स्वतन्त्ररुपले बाँच्न पाओस !

-:समाप्त:-

Friday, October 16, 2009

फोटो ब्लॉग / साभार :नेजा /

दीपावलीको अवशरमा विभिन्न स्कुल बीच भएको भैलो प्रतियोगितामा नृत्य गर्दै स्कुलका विधार्थीहरु। एक रोचक तस्बीर..

Thursday, October 15, 2009

** शुभकामना दीपावलीको **


** स्वदेश तथा बिदेशको कूना-कन्दरामा छरिएर रहनुभएका समस्त नेपाली दिदि-बहिनी, तथा दाजु-भाइहरुमा २०६६ सालको दिपावलीको पावन अवशरमा शुख सान्ती सम्रिद्दी एवम उत्तरोतर प्रगतिको मंगलमय भुभकामना प्रकट गर्दछु । **

Monday, October 12, 2009

डेनमार्कमा डोल्फिन माछा .........!

संसारको प्राणीहरुमध्य बौद्दिकस्थरको पहिलो बर्गमा मानबजातिलाई मानिन्छ, भने त्यसपछि डोल्फिन नामक माछालाई मानिछ । तर यसको हत्या कसरी गरिन्दै छ यहाँ? मैले युट्युबमा केही भिडियोहरु हेर्द जाँदा अचानक यो दु:ख लाग्दो भिडियो भेटे र यहाँ अप्डेट गरेको हुँ।

Sunday, October 11, 2009

क्यामेराको आँखाबाट....




बिभिन्न मुलुक बाट रोजगारिको शिलसिलामा दोहा कतारमा आएका बिदेशी नागरिकहरु छुट्टीको'दिन आफ्नो साथीरुसँग भेट्ने र कुन्नै पार्क या खाली ठाउमा भेलाभई हप्ताभरिको थकाई मेटाउने एकआपसमा आफ्ना समस्याहरु आदानप्रदान गर्ने चलन छ । तर हिजो आज त्यसरी जताततै बस्न घुम्नको लागी निषेध! गरिएकोहुनाले सुरक्षा कर्मिको कडा सुरक्षाको कारण जताततै हिंड्न र घुम्न नमिल्ने भएकोले । पैदल यात्रीहरु कतै टाउकोमा छरिपो बर्षने हो कि? भन्ने डरत्रास सहित् गलत मार्गबाट हत्तार-हतार रोड क्रस गर्दै !



दोहाको प्रमुख बसपर्कमा बस कुरेर बसेका केही यात्रीहरु ..........

Saturday, September 19, 2009

के यो बालक आँफैले आफ्नो आत्मा हत्या गरेका हुनत .......??

यो फोटो देख्न साथ हामी स्तब्ध हुनेछौ । तर आज यो धट्नाको बारेमा बिस्त्रीत जानकारी गर्नु भन्दा अगाडि म तपाईंहरुलाई यसको बारेमा अवलोकन गर्ने मौका दिन्दै छु । तपाईंको बिचार तल प्रस्तुत गर्नु होला ।

Sunday, September 13, 2009

**नेपाल आमाकी छोरी ""हिमाली रानी" जी नजार यता लगाउनुहोस त !**

मेरो मनको सागुरो कोठाको भ्रमणकर्ता समस्त पाठक ब्रिन्द, यो गीत बिशेष गरेर यू के मा रहनु हुने अनलाईकी मित्रले, यो गितको शब्द र संगीत मलाई माग्नु भएको थियो । त्यसैले मैले यो गीतलाई यहाँ अपडेत गरेको हुँ । तपाहरुलाई पनि मन लागे प्ले बट्टन क्लिक गरी हेरी दिनुहोस् ल । तर गीत चाँही पुरानो पुर्बेली गीत चुन्वा दोभान भन्ने हो ।
शायद हर्जुर हरुलाई अचम्म लाग्न सक्ला । यो पुरानो लोकगित किन मनपरएको होला भनेर, तर यसमा एउटा रहश्य लुकेर रहेको छ । त्यो रहश्य अहिलेनै चाँही नखोलौ होला पच्छी ल । र यो गीतको स्रोता भन्नुपर्दा । उहा चौतर्फी बिधामा ओक्तपोख्त एक हामी बाट अहिले सम्म अद्रिश्य बडो कलाकार हुनुहुन्छ । तपाईंहरुलाई म उहाको बारेमा बिस्तारै परिचय दिन्दै जाने छु । अहिले म पनि उहासँग परिचय मात्र गर्दै छु । । अनी नेपाल आमाकी छोरी "हिमाली रानी" जी यो गीतको प्राप्ती पछी के गर्नु पर्ने यो कुरा त लेखी रहनु जरुरत छैन होला नि होइन ?? .............................................................................





केटा :दुई चार बचन् बोलौला कान्छी, त्यो मन लिनलाइ
{तिमीलाई भनी साचेको मैले, जिन्दगी लिनलाइ}________२
केटी : बाडिहै आयो गहिरी खेत, बगायो धानको बिउ
{सम्झना मात्र रही रहने, मरेर जाने जिउ }_____२
केटा :चुङ्वा दोबान { ख्याल~~ ख्याल गर्दै बित्यो जीवन }______२
केटी : हङ्कङ शहर { गाउघर सम्झी झर्छ आशु धरर }______२
_______~~~ __________~~~ ___________~~~ ________


केटा :मरेर जाने यो चोला, सन्सारको रितै हो
{ बाचुन्जेल सम्म हासखेल गर्नु, मायालु रितै हो }______२
केटी :बल्छी र टाङो बोकेर कान्छाउ तम्बर दोबान
हासखेल मात्र नगर कान्छाउ, धल्केला जोवन
केटा :चुङ्वा दोबान { ख्याल ~~ख्याल गर्दै बित्यो दिवन}______२
केटी :हङ्कङ शहर { गाउघर सम्झी झर्छ आशु धरर }______२
________~~~ _____________~~~ ______________

केटा :कालो मा कालो गाजल, रातो छ रिबन
{ तिम्रोनै लागी भनेर साचेको जीवन }______२
केटी :गाजलु आँखा अर्काको कान्छौ, नहेर रिबनमा
केटा :चुङ्वा दोबान { ख्याल ख्याल गर्दै बित्यो दिवन}______२
केटी :हङ्कङ शहर { गाउघर सम्झी झर्छ आशु धरर }______२

Friday, September 4, 2009

!!++स्वाइनफ्लु र यसबाट बच्ने उपाय++!!

अब यो संसारमा बाँच्नको लागि पनि गाह्रो पर्ने भयो । रोग पनि के के हो ? के के ? सन १९६८ सलामआ विश्वब्यापी रुपमा फैलिएको हन्कङ फ्लु, जसलाई विश्वब्यापी माहामारिको सङ्या दिएको थियो, सो भाईरसबाट त्यतिबेला १० लाख मानीसले ज्यान गुमाउनु परेको थियो । ठीक त्यसै गरेर सन २००९ को एप्रिल महिनादेखी स्वान फ्लु नामक रोग " ए एचवान एनवान भाईरस" मेक्सिकोमा पहिलो पटक देखापर्‍यो । यो रोगले अहिले सम्ममा विश्वको ७४ वटा मुलुकको भ्रमण् गरी सकेको छ । नेपालमा समेत यो रोगले २२ जनालाई आक्रमण गरी सकेको छ, अब यो रोगको नियन्त्रणको बारेमा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले के कस्ता कदमहरु चाल्ने हो । त्यो आफ्नै ठाउमा छ तर हामीले पनि आफुलाई यो रोगबाट बच्चाउनको लागि तल लेखिएको केही उपायाहरु अपनाएमा धेरै फाईदाजनक हुने छ ।

निम्न कुराहरुमा ध्यान दिने हाइ ल

0१] भिड्भाडा तथा बजारमा नजाने ।
0२] साथीहरु सँग अंकमाल नगर्ने ।
0३] हाच्छिउ तथा खोक्दा रुमाल प्रयोग गर्ने साथै एकपटक प्रयोग गरेको रुमाल फेरी अर्को पटक प्रयोग गर्नु परे कृपया धोएर मात्र पुनप्रयोग गर्ने ।
0४] एकले प्रयोग गरेको रुमाल अरुले प्रयोग ।
0५] जथाभावी सिगान तथा खकार नफाल्ने।
0६] बस, प्लेन तथा रेलमा लामो यात्रा गरेर कत्तैबाट आएको भए आफ्नो स्वास्थ्य परिक्षण गर्ने र गराउने ।
0८] लामो यात्रा गर्नु परे आफ्नो सुरक्षाको लागी मुखमा माक्स लगाउने ।
0९] सकेसम्म नयाँ मानिस तथा सङ्खा लागेको ब्यातिको सामुने नजाने ।
१०] आँफै बिरामी हुनुहुन्छ वा आँफैलाई कम्जोर महसुस गरिरहनुभएको छ भने आराम लिनुहोस् । २४ धन्टाभन्दा बढी समय त्यसै नबस्नुहोस तुरुन्दै अस्पातल जानुहोस् ।

धन्यवाद!!

Sunday, August 16, 2009

भिडियो ब्लग //साभार, नेपालीसमाज युके //

लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रि तथा एकिक्रित नेकपा माओवादीका पार्टी अधक्ष्य पुष्पकमल दाहालले लन्डन भ्रमणको क्रममा आयोजित एक कार्यक्रम बिच ठट्याउली पारामा उपस्थित प्रबासी नेपालीहरुलाई सम्बोधन गर्दै, आफ्नो मन्तब्य राख्दै गर्नु भएको भिडियो ब्लग ।